• mon-fri: 08.00 - 17.00
  • 2nd Avenue, Boston

परिचय

सहकारी ऐन २०४८ अन्तर्गत यस श्री स्वप्नशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको हो । यस संस्थाले मुख्य कार्यालय भक्तपुर – १६, बाराहीस्थानमा रहेको छ । व्यक्ति व्यक्तिको एकल प्रयासबाट उसको इच्छा, आकांक्षा र चहाना पुरा हुन नसक्ने भएकोले यसको परिपुर्तिको लागि सामुहिक रुपमा संगठित भएर सहकारीको सिद्धान्त, मुल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारिस्पारिक सहयोगको भावना अभिवृद्धि गर्नु यस संस्थाको मुख्य उद्देश्य हो ।

 

शेयर पुँजी (Share Capital)

यस संस्थाको शेयर पुँजी रु. १०,००,००,०००/– (अक्षरेपी रुपैया दश करोड) कायम गरि उक्त रकमलाई क्रमिक रुपमा चुक्ता पुँजीमा परिणत गर्दै लगिनेछ ।

 

व्यवस्थापन (Management)

आजको २१ औं शताब्दीको प्रतिस्पर्धात्मक युगमा आफ्नो ग्राहकवर्गको तथा सेवाग्राहीको आवश्यकता र मागलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्छ र संस्थाको हरेक काम कारोवार छिटो र पारदर्शी हुनुपर्छ भन्ने मान्यताको साथ वित्तिय क्षेत्रमा लामा अनुभव संगालेको व्यक्तिहरु संस्थाको व्यवस्थापन पक्षमा संलग्न छन् ।